Himalayan Hydropower to issue 22lakhs share

Himalayan Hydropower to issue 22lakhs share

Himalayan Hydropower to issue 22lakhs share


Himalayan Hydropower to issue 22lakhs share

काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले कुल सेयरमध्ये ९ लाख कित्ता परियोजना प्रभावित स्थानीय क्षेत्रका बासिन्दालाई छुट्याएको छ । सेयर निष्काशन सम्बन्धि सम्झौतापत्रमा कम्पनीका सञ्चालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलका कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Read more at: http://www.bizkhabar.com/market/54439.html?fbclid=IwAR1uBCOclb8rvmqQ33i5OPgtSXBJwZlqPTEUqsYl6c5pVpSMaVq7p5KDaag